२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

आइतवार , श्रावण १०, २०८३

काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।


संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र रुपन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट