२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

एमाले–नेकपा सत्ता सहकार्यपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीमा

आइतवार , श्रावण १०, २०८३

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसको तर्फबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद बहाल रहेका छन् । नयाँ समीकरण अनुसार एमालेका २९ र सभामुखसहित नेकपाका १३ सांसद गरी कुल ४२ सांसद पुग्ने भएकाले नयाँ सत्ता गठबन्धनलाई सामान्य बहुमत पुग्ने देखिन्छ । साथै, पूर्व माओवादी पृष्ठभूमिका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले पनि यो गठबन्धनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

कांग्रेस सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा एमाले–नेकपा गठबन्धनको नेतृत्वमा नयाँ प्रदेश सरकार गठनको बाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट