सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

रास्वपाले डिपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

रास्वपाले डिपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

पार्टी सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति तोकिएको हो ।

रास्वपा सभापति लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा तीन कसुरमा मुद्दा दर्ता भएको थियो ।

सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । रविविरुद्ध मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend