logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • रास्वपालक्षित कानूनमन्त्रीको टिप्पणी : सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो

    रास्वपालक्षित कानूनमन्त्रीको टिप्पणी : सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो

    532
    Shares
    रास्वपालक्षित कानूनमन्त्रीको टिप्पणी : सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाएका छन् ।

    सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाए । उनले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताए ।

    उनले भने, ‘कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ । तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ । यहाँ भएका न्याय सेवा, कानून सेवाका मूर्धन्य व्यक्तित्वहरुलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्था छ । ठूलो सहादतबाट प्राप्त लाकतान्त्रिक व्यवस्थालाई जसरी प्रहार गरिरहेको छ, हामी सबैको दायित्व छ । कसरी सुदृढ गर्न सकिन्छ ।’

    कानूनमन्त्री चौरसियाले आफूहरुको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend