logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • टर्किले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो

    टर्किले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो

    189
    Shares
    टर्किले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो

    काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पुर्याएको घोषणा गरेका छन् ।

    न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितमा वृद्धि हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) ले तलव प्रश्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए ।

    युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्याएका थिए । २०२४ को लागि न्युनतम ज्याला १७ हजार २ लिरामा सेट गरिएको थियो । यसैबीच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ । जुन २०२३ को जुन यताकै न्युन स्तर हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend