logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  ८ अर्ब रुपैयाँबराबरको आईपीओ ल्याउदै 

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  ८ अर्ब रुपैयाँबराबरको आईपीओ ल्याउदै 

    4.5K
    Shares

    काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल पुँजीबजार इतिहासकै सबैभन्दा ठूलोे ८ अर्ब रुपैयाँबराबरको साधारण शेयर निष्कासन (आईपीओ) गर्न लागेकाे छ ।

    बैंकले यही २ माघदेखि ६ माघसम्म साे परिमाणकाे साधारण शेयर निष्कासनसम्बन्धी सम्पूर्ण कार्य गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई  बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।

    कुल २० अर्ब चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरूबाट चुक्ता भइसकेको छ भने बाँकी रकम साधारण शेयरबाट संकलन हुनेछ ।

    हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओ निष्कासनका लागि आवेदन दिने सबै आवेदकको हात खाली नहुने अनुमान गरिएको छ । 

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्थापना बैंक तथा वित्तीय संस्था (बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरू तथा अन्य निजीक्षेत्रका अग्रणी संस्थाका समूह तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend