२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरो ठोक्कियो, साँगामा आकस्मिक अवतरण

आइतवार , पौष १४, २०८१

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरो ठोक्किएको छ ।

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेली एभरेष्टको ९ एन–एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले साँगामा सुरक्षित अवतरण गराएका छन् ।

आइतबार बिहान लुक्लाबाट उडेको हेलिकप्टरमा चरो ठोक्किए पनि ठूलो क्षति भएको छैन । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन् ।

हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट