२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

निजामती कर्मचारी अस्पतालमा झण्डै ३ करोडको भ्रष्टाचार : ८ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि खरिद, भण्डारण र आपूर्तिमा भएको गम्भीर अनियमितताबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको अभियोगमा आठ कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अनुसन्धानका क्रममा अस्पतालका फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नभएको अवस्थामा पनि सफ्टवेयरमा बिल तथा बिजक प्रविष्ट गरी भुक्तानी प्रक्रिया अघि बढाएको, करोडौँ रुपैयाँ बराबरका औषधि स्टोर तथा भर्याङमा म्याद गुज्रेर थन्किएको अवस्थामा भेटिएको तथा कम्प्युटरमा मौज्दात देखाइएका धेरै औषधि वास्तविक रूपमा स्टकमा नरहेको खुलेको छ ।

image_2026-07-08_172652730.png

अनुसन्धानबाट फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लबेन्द्र कुँवर र दिपक सापकोटा, स्टोरकिपरहरू विनोद पोखरेल, केशवराज न्यौपाने, शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दिप तिवारीले आफ्नो पदको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पु¥याएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अस्पतालको फार्मेसी सेवा निर्देशिकाअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद, बिक्री र बाँकी मौज्दातको सन्तुलन परीक्षण तयार गर्नुपर्ने व्यवस्था रहे पनि त्यसको पालना नगरिएको महालेखा परीक्षकको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनबाट समेत पुष्टि भएको उल्लेख गरिएको छ ।

यस्तै, सम्झौताअनुसार बिक्री नभई म्याद गुज्रिएका औषधि आपूर्तिकर्ताबाट फिर्ता गरी प्रतिस्थापन गराउनुपर्ने वा धरौटी रकमबाट कटौती गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै सम्बन्धित कर्मचारीहरूले म्याद गुज्रेका औषधि रहेको तथ्य लुकाएर ‘फिर्ता गर्नुपर्ने औषधि छैन’ भन्ने गलत जानकारी लेखा शाखालाई उपलब्ध गराएका थिए। त्यसकै आधारमा आपूर्तिकर्ता कम्पनीहरूको धरौटी रकमसमेत फिर्ता गरिएको अनुसन्धानबाट खुलेको छ।

निजामती कर्मचारी अस्पतालका मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको विस्तृत प्रतिवेदनले उक्त कार्यबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको निष्कर्ष निकालेको छ।

यसै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत मुद्दा दायर गर्दै समान बिगो कायम गरी बिगो असुल, बिगोबराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ।

मुद्दा दायर गरिएका कर्मचारी

  • दिपा ढुङ्गाना – फार्मेसी अधिकृत तथा फार्मेसी युनिट इन्चार्ज
  • लबेन्द्र कुँवर – फार्मेसी सहायक तथा फार्मेसी युनिट इन्चार्ज
  • दिनेश पन्त – वरिष्ठ फार्मेसी सहायक तथा फार्मेसी युनिट इन्चार्ज
  • दिपक सापकोटा – फार्मेसी सहायक तथा फार्मेसी युनिट इन्चार्ज
  • विनोद पोखरेल – वरिष्ठ फार्मेसी सहायक तथा स्टोरकिपर
  • शर्मीला श्रेष्ठ – वरिष्ठ फार्मेसी सहायक तथा स्टोरकिपर
  • केशवराज न्यौपाने – फार्मेसी सहायक तथा स्टोरकिपर
  • सन्दिप तिवारी – फार्मेसी सहायक तथा स्टोरकिपर

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट