२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

आइतवार , पौष १४, २०८१

काठमाडौँ । शताब्दीऔँ देखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा स्थापना भएको सोवा रिग्पा इन्टरनेशनल कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाउन नसक्दा थप अध्ययन वा सरकारी सेवामा प्रवेश गर्न समस्या भएको भन्दै उनीहरुलाई यसबाट वञ्चित गरिन नहुने उनीहरुको माग रहेको छ ।

हाल सो कलेजबाट नेपाललगायत भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट आएका ३५ जना विद्यार्थीले साढे पाँच वर्षको कोर्ष पूरा गरी एक वर्ष इन्टर्न कोर्षसमेत गरिसकेका छन् । आडरा नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले परम्परागतरुपमा प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिको संरक्षण र विस्तारका लागि यससम्बन्धी उच्च शिक्षामा अध्ययनलाई व्यवस्थित गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले स्वास्थ्य नीतिमा सोवारिग्पाको व्यवस्था गरिएकाले सम्बन्धित स्वास्थ्य संस्थाहरुमा दरबन्दीको व्यवस्था गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

आयुर्वेद मेडिकल काउन्सिलका रजिष्टार डा.निर्मल भुसालले भारतलगायत अन्य देशहरुमा सोवारिग्पालाई सरकारी मान्यता दिइएको सन्दर्भमा नेपालमा पनि यससम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई काउन्सिलमा दर्ता गराउन प्रकृया अगाडि बढाउन सकिने धारणा राखे ।

लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरुको सुझावअनुसार तयार गरिएको सोवारिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएकाले यसलाई सरकारी मान्यता दिनबाट रोक्न नहुने बताए ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा.श्यामबाबु यादवले सोवारिग्पा विभागअन्र्तगत रहेकाले यसलाई मान्यता दिन सकिने बताए । आडरा नेपालका राष्ट्रिय प्रतिनिधि प्रविण ढकालले हिमाली क्षेत्रमा सोवारिग्पा उपचार पद्दतिको अभ्यास गरिरहेका आम्चीहरुबाट जनतालाई सुलभ ढङ्गबाट स्वास्थ्यसेवा पुर्याउनुको साथै सामुदायिक विकासमा पनि महत्वपूर्ण योगदान रहेको बताउँदै सबै उपचार पद्दतिहरुलाई राज्यले उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा.तेन्जिङ धार्के गुरुङले सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्विका थुपै्र देशहरुमा औपचारिक रुपमा पठनपाठन भइसकेको सन्दर्भमा नेपालमा पनि केही वर्षदेखि शुरु भएकामा ती विद्यार्थीहरुको मेडिकल काउन्सिलबाट दर्ता नहुँदा समस्या भएकाले यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी भएको बताए ।

हाल मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड र गोरखाको चुमनुव्री गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरी सोवारिग्पालाई आधिकारिक मान्यता दिएका छन् भने अन्य पालिकाहरुले पनि प्रकृया अगाडि बढाएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट