शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ की ३२ बर्षिया मेन्दोमाया भण्डारी रहेकी छन् ।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

भण्डारीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend