२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो। आजको गिरावट ऐतिहासिक भए पनि गत शुक्रबारको तुलनामा भने सुनको मूल्य अझै ५ हजार ३ सय रुपैयाँले बढी नै रहेको महासंघको तथ्याङ्कले देखाउँछ ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँ कायम भएको छ।

यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा अचानक आएको ठूलो उतारचढाव र गिरावटका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा फेरबदल भइरहने हुनाले आगामी दिनमा मूल्य अझै घटबढ हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट