२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मेटलाइफको ‘क्रिटिकल इलनेस प्लस’ नयाँ राइडर सार्वजनिक

शुक्रवार , आषाढ ५, २०८३

मेटलाइफ नेपालले ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ । यसले जीवनका सबैभन्दा संवेदनशील क्षणमा तत्काल आर्थिक राहत उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ । राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सशक्त बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी व्यवस्था गरेको छ ।

अस्पताल खर्च मात्र नभई उपचारपछिको पुन:स्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत सम्बोधन गर्ने कम्पनीले बताएको छ । क्रिटिकल इलनेस प्लसलाई किफायती र सहज बनाउन डिजाइन गरिएको छ । छुट्टै बिमा योजना आवश्यक नपर्ने यो राइडरलाई योग्य व्यक्तिगत बिमा योजनासँग सहज रूपमा जोड्न सकिन्छ ।

यसले निर्दिष्ट गम्भीर अवस्थाको क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजो रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपण लगायत ११ वटा प्रमुख गम्भीर रोगमा सुरक्षा प्रदान गर्दछ । बिमा सम्झौताअनुसार रोगको पुष्टि भएपछि लाभ रकम तुरुन्त भुक्तानी गरिने भएकाले बीमित व्यक्तिले आर्थिक चिन्ताभन्दा आफ्नो उपचार र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्न सक्ने कम्पनीका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट