शुक्रवार , आषाढ ५, २०८३
Shares
Shares
काठमाडौँ । नेपालको फिक्सड ब्रोडब्यान्ड (इन्टरनेट) बजारमा नेपाल टेलिकम, डिशहोम र भायनेटलाई निकै पछि पार्दै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो बलियो बर्चस्व कायम राख्न सफल भएको छ ।
नियामक निकाय दूरसञ्चार प्राधिकरणले दिएकाे तथ्याङ्कअनुसार कुल ग्राहक संख्या र बजार हिस्सा दुवैमा वर्ल्डलिङ्क सबैभन्दा अगाडि देखिएको हो । इन्टरनेट सेवा प्रदायकहरू मध्ये वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड १० लाख ७८ हजार ७०९ ग्राहकसहित पहिलो स्थानमा छ । कम्पनीले कुल बजारको ३०.९३ प्रतिशत हिस्सा ओगटेको छ । यो संख्या दोस्रो स्थानमा रहेको कम्पनीको भन्दा झन्डै तेब्बर बढी हो, जसले बजारमा वर्ल्डलिङ्कको बलियो पकडलाई प्रष्ट पारेकाे छ।
फिक्सड ब्रोडब्यान्ड बजारमा दोस्रो, तेस्रो र चौथो स्थानका लागि सेवा प्रदायकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ३ लाख ८३ हजार १०१ ग्राहक (१०.९८ प्रतिशत बजार हिस्सा) सहित दोस्रो स्थानमा रहन सफल भएको छ । टेलिकमलाई डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ३ लाख ६९ हजार २१८ ग्राहक (१०.५९ प्रतिशत हिस्सा) सहित तेस्रो स्थानमा रहेर कडा टक्कर दिइरहेको छ ।
त्यस्तै, पुरानाे इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन लिमिटेड ३ लाख ६३ हजार ३७ ग्राहक र १०.४१ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा छ । यी तीनवटै कम्पनीको बजार हिस्सा १० देखि ११ प्रतिशतको आसपास रहेकाले आगामी दिनमा यिनीहरूबीचको प्रतिस्पर्धा अझै रोचक हुने देखिन्छ ।
शीर्ष पाँचभित्र पर्न सफल अर्को कम्पनी क्लासिक टेक प्रा. लि. हो, जसको बजार हिस्सा ८.२३ प्रतिशत रहेकाे छ । क्लासिक टेकका ग्राहक २ लाख ८६ हजार ९५३ जना रहेका छन् । यसैगरी, छैटौँ स्थानमा छ– सुबिसु केबलनेट लिमिटेड । सुबिसुका २ लाख ६४ हजार ८४९ ग्राहक छन् । यसकाे बजार हिस्सा ७.५९ प्रतिशत रहेकाे छ । वेबसर्फर नेपाल ४.९७ प्रतिशत हिस्साका साथ सातौँ स्थानमा छ ।
पछिल्लो समय भित्रिएका नयाँ सेवा प्रदायकहरू जस्तै वाइफाइ नेपाल, सीजी नेटले बजार हिस्सा बढाइ रहेकाे छन् । वाइफाइ नेपालकाे बजार हिस्सा ३.२० प्रतिशत र सीजी नेटकाे २.५९ प्रतिशत रहेकाे छ । उपभोक्ता तान्नका लागि भइरहेको मूल्य र गतिको प्रतिस्पर्धाले आगामी दिनमा यो बजार अझै विस्तार हुने अनुमान गरिएको छ ।
शीर्ष २० इन्टरनेट सेवा प्रदायकहरूको विस्तृत विवरण (तालिका):
|
र्याङ्क |
अपरेटरको नाम |
कुल ग्राहक संख्या |
बजार हिस्सा (%) |
|
१ |
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड |
१०,७८,७०९ |
३०.९३% |
|
२ |
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) |
३,८३,१०१ |
१०.९८% |
|
३ |
डिश मिडिया नेटवर्क लिमिटेड |
३,६९,२१८ |
१०.५९% |
|
४ |
भायनेट कम्युनिकेसन लिमिटेड |
३,६३,०३७ |
१०.४१% |
|
५ |
क्लासिक टेक प्रा. लि. |
२,८६,९५३ |
८.२३% |
|
६ |
सुबिसु केबलनेट लिमिटेड |
२,६४,८४९ |
७.५९% |
|
७ |
वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा. लि. |
१,७३,४६२ |
४.९७% |
|
८ |
टेकमाइन्ड्स नेटवर्क प्रा. लि. |
१,१७,०७८ |
३.३६% |
|
९ |
वाइफाइ नेपाल प्रा. लि. |
१,११,४६४ |
३.२०% |
|
१० |
सी. जी. कम्युनिकेसन्स लिमिटेड |
९०,२०६ |
२.५९% |
|
११ |
ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड |
५५,७६७ |
१.६०% |
|
१२ |
सजीलो नेट प्रा. लि. |
४३,७२५ |
१.२५% |
|
१३ |
फाइबरवर्ल्ड कम्युनिकेसन प्रा. लि. |
३९,६४१ |
१.१४% |
|
१४ |
अन्य (साना अपरेटरहरू) |
२७,९१६ |
०.८०% |
|
१५ |
कनेक्ट नेपाल नेटवर्क प्रा. लि. |
२२,००९ |
०.६३% |
|
१६ |
एरोजनेट प्रा. लि. |
१४,२४२ |
०.४१% |
|
१७ |
एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि. |
१४,१७५ |
०.४१% |
|
१८ |
फस्टलङ्क कम्युनिकेसन्स प्रा. लि. |
१०,२१३ |
०.२९% |
|
१९ |
पोखरा इन्टरनेट प्रा. लि. |
१०,१७७ |
०.२९% |
|
२० |
चित्रवन युनिक नेट प्रा. लि. |
६,१९० |
०.१८% |
|
२१ |
आई. जोन प्रा. लि. |
५,८४० |
०.१७% |
|
- |
कुल जम्मा |
३४,८७,९७२ |
१००% |
प्रविधिमा फाइबरको एकछत्र राज
तथ्याङ्क अनुसार नेपाली उपभोक्ताहरू तीव्र गतिको फाइबर इन्टरनेटतर्फ पूर्ण रूपमा आकर्षित भएको देखिन्छ । कुल ३४ लाख ८७ हजार ९७२ ग्राहकमध्ये ३४ लाख ५६ हजार १ जनाले फाइबर इन्टरनेट प्रयोग गरिरहेका छन् ।
विगतमा लोकप्रिय रहेको एडीएसएल र केबल प्रविधिमा अब देशैभरि गरेर मात्र ३३० ग्राहक बाँकी छन्, जसमा नेपाल टेलिकमका ३२९ र वर्ल्डलिङ्कको १ ग्राहक मात्र छन् । त्यस्तै, वायरलेस प्रविधिको इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ३१ हजार ६४१ छ, जसमा नेपाल टेलिकमको हिस्सा २८ हजार ६०३ ग्राहक सबैभन्दा बढी छ ।
नेपालमा कुल फिक्सड ब्रोडब्यान्ड ग्राहकको संख्या ३४ लाख ८७ हजार ९७२ पुगेको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा फाइबर इन्टरनेट को रहेको छ, जसको संख्या ३४ लाख ५६ हजार १ छ । प्रविधिको विकाससँगै पुरानो एडीएसएल,केबल र वायरलेस इन्टरनेट प्रयोगकर्ताको संख्या भने निकै न्यून बिन्दुमा झरेको देखिन्छ ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस