२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन

सोमवार , पौष १५, २०८१

काठमाडौँ । प्रवासमा बस्ने नेपालीहरुको संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाडौंमा सम्पन्न भएको छ।

महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ।

२९ सदस्यीय कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन्। साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ।

कानुनका विज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाडौंमा यूएनडिओ नामको संस्था स्थापना गरिएको थियो। त्यसपछि दर्ता प्रक्रियाको लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लाग्यो। त्यस पछि जुलाई ३०, २०२३ आइतबारका दिन सर्वोच्च अदालतले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडिओ) नामको सँस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको थियो।

सोही आदेश पछि परराष्ट्र मन्त्रालयले उक्त संस्था दर्ता गरेको थियो । तर गैरआवासीय नेपाली संघ र यूएनडिओ बीच भने धेरै कुरा फरक छन्।

एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरु सदस्य र संलग्न हुनेगरी उक्त संस्था गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा यूएनडिओको स्थापना गरिएको थियो। दुइ बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मूलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन्।

यूएनडिओले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्ने, नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्ने साथै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउने जनाएको छ।

विधान अनुसार संस्थाको अन्तरराष्ट्रिय महाधिवेशन हरेक ३–३ बर्षमा नेपालमा भौतिक रुपमा उपस्थित भएर आयोजना गरिनेछ।

यहि डिसेम्बर २८–२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीनवर्ष अर्थात २०२४–२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। महाधिवेशनले अल्पकालीन र दिर्घकालिन योजना समेत पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट