२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा पदाधिकारी चयन

सोमवार , पौष १५, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा पदाधिकारी चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठकले उपप्रमुखमा रेणुका सिंह र सचिवमा भरत गुरुङलाई चयन गरेको हो ।

साथै बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको बैठकले हेमचन्द्र महतोलाई विभागको प्रमुखमा चयन गरेको छ ।

यससँगै जसपा नेपालको ७ विभागले पूर्णता पाएका छन् ।

जसपा नेपालको केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिवका साथै आवश्यकताअनुसार विज्ञ सदस्यहरु सहितको २१ सदस्यीय केन्द्रीय विभाग रहने विधानको व्यवस्था रहेको पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार