बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरा क्लियर छ : डा. केसी

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरा क्लियर छ : डा. केसी

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरामा आफू क्लियर रहेको बताए । विश्लेषक डा. केसीले लामिछाने दुधले नुहाएको मान्छे होईनन् भन्ने कुरामा पनि आफू प्रष्ट रहेको बताए ।

उनले भने, ‘रवि लामिछानेमाथि प्रतिशोध भएको हो भन्ने कुरामा क्लिएर छु । तर, रवि लामिछाने पनि दुधले नुहाएका व्यक्ति होईनन् भन्ने कुरामा म त्योभन्दा बढी प्रष्ट छु ।’

त्यस्तै, उनले सरकारमा रहेका मन्त्रीहरूलाई पोलिटिकल टर्मिनोलोजी नै थाहा नभएको टिप्पणी गरे । उनले अर्थमन्त्री ८ क्लास पढेको र परराष्ट्रमन्त्री मनोविद्लाई बनाइएको बताए ।

उनले भने, ‘अब ८ क्लास पढेकोलाई अर्थमन्त्री बनाउने, मनोविद्लाई लगेर परराष्ट्रमन्त्री बनाउने अनि नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई निम्तो दिएनन् भनेर यहाँ छाती पिट्ने । कसरी हुन्छ त ?’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend