सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

विप्लव नेतृत्वको नेकपा ०८४ मा उपयुक्त चिन्ह लिएर चुनावमा जाने, अन्य केके छन् निर्णय

विप्लव नेतृत्वको नेकपा ०८४ मा उपयुक्त चिन्ह लिएर चुनावमा जाने, अन्य केके छन् निर्णय

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो ।

बैठकले क्रान्तिकारी पार्टीहरूसँग एकता र मित्र पार्टीसँग मोर्चामा सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले नेकपाले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ ।

साथै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको नेकपाले जनाएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिईने नेकपाले जनाएको छ ।

यस्ता छन् नेकपा बैठकका निर्णय :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend