logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले

    सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले

    273
    Shares
    सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताएका हुन् ।

    उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए । उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताए । उनले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताए ।

    सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

    उपमहासचिव ज्ञवालीले भने, ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रिय कमिटीको बैठक समक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ । यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य शुरु गर्नुपर्यो । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ । सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ ।

    थुप्रै कामहरु गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ ।’

    उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend