चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले नवनिर्वाचित सभापति रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसपछि सभापति लामिछानेले उपसभापति स्वर्णिम वाग्ले, महिला उपसभापति सोबिता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्रीहरू तथा निर्वाचित ९९ केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथ ग्रहणसँगै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेको छ। शपथ कार्यक्रममा महाधिवेशन प्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यता, वरिष्ठ नेताका रूपमा चयन भएका बालेन्द्र शाह (बालेन) भने शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्। उनको अनुपस्थितिको कारणबारे पार्टीले कुनै जानकारी दिएको छैन।
रास्वपाले विधानअनुसार मनोनयनमार्फत चयन गरिने एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको टुंगो लगाउन बाँकी रहेको जनाएको छ। ती पदमा मनोनयन हुने पदाधिकारीहरूको शपथ ग्रहण भने पछि पार्टी केन्द्रीय कार्यालयमा
प्रतिक्रिया दिनुहोस