२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने

बिहिवार , पौष १८, २०८१

काठमाडौं । विधेयक, कानून निर्माण सहजिकरण कार्यदलले समितिमा विचाराधिन विधेयकलाई छिटो पारित गर्न फोकल पर्सन तोक्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको विधेयक कानून निर्माण सहजीकरण कार्यदलले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको बारेमा नेपाली कांग्रेस र एमालेको तर्फबाट सम्बन्धित समितिमा रहेका सदस्यहरुसँग छलफलहरु गरिरहेको र विधेयकलाई चाँडै समितिबाट पारित गर्नेगरी अघि बढ्न आग्रह गरिएको बताए ।

फोकल पर्सन (विषयगत रुपमा जिम्मेवारी दिएका ब्यक्ति) सहितको बैठक पुस २४ गते बस्ने बताए । उनले विधेयकका बारेमा उठेको केही अन्तरवस्तुका बारेमा समीक्षा भएको बताइ । दुवै दलले संसदको ६ वटा समितिहरुमा विधेयकहरुलाई छिटो पारित गर्नेगरी कार्यदल बनाएको र सोहीअनुसार बैठकहरु बसिरहेको बताए ।

अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा विधेयक विचाराधिन रहेको बताए । संसदीय काम र प्रक्रिया हरेक सांसदको पहिलोकाम भएकाले सोहीअनुसार लाग्न सांसदहरुसँग आग्रह गरिएको पनि बताए ।

उनले बैठकले सांसदहरुलाई बैठकमा उपस्थिति हुने र हाजिर गर्ने मात्रै नभइ विधेयक अघि बढाउन आवश्यक पहल गर्न पनि अपिल गर्ने निर्णय गरेको बताए ।

बैठकमा सरकारका मुख्य सचेतक तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेपाली कांग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, नेपाली कांग्रेसका सचेतक शुशिला थिङ, नेकपा एमालेका सचेतक सुनिता बराल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट