२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए ।

उनले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए । उनले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे । उनले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गरे ।

उनले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताए । उनले काठमाडौस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे ।

भैरहवा विानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट