logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे

    पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे

    161
    Shares
    पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

    उनले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भइसकेको जानकारी गराए । उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ ।

    उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पारे । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरे ।

    बैठकमा अधिकांश सांसदहरुको देशभरको विमानस्थल सञ्चालनको विषयमा चासो राखेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend