२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

अहिलेको सरकार नेपाली कांग्रेसको बलमा छ : नेता सिटौला

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली कांग्रेसको बलमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहेको बताए । उनले कांग्रेसको सहारामा प्रधानमन्त्री बनेकाले कांग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताए ।

उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताए । उनले सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताए ।

नेता सिटौलाले भने, ‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ ।

एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरुबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ ।

कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ गर्यो भन्दैमा त्यसैलाई विश्वास गरेर कांग्रेस विचलित हुँदैन ।’

नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताए । उनले अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार