२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

संविधान संसोधनबाट सबै कुराको समाधान खोज्नु गलत : प्रदीपकुमार ज्ञवाली

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संसोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको बताए।

उनले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गरे ।

मुलुकमा यावत समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाकाबीचमा ठूलो खाडल रहेको बताए । संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उनको भनाइ छ ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको निम्ति संविधान संसोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुबारे स्पष्ट हुनुपर्ने बताए । संविधान आफैँमा गतिशिल दस्ताबेज भएको बताए । संविधानलाई अधिकतम लचिलो बनाउनुपर्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट