२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उच्चस्तरीय आयोगको प्रतिवेदन : घरजग्गाले बैंकिङमा समस्या, व्यवस्थापन गर्न कम्पनी स्थापना गर्न सुझाव

बुधवार , पौष २४, २०८१

काठमाडौं । उचाइमा पुगेको घरजग्गा कारोबार एकाएक शिथिल बनेपछि बैंकहरूको गैरबैकिङ सम्पत्ति बढ्दै गएको छ । घरजग्गा शिथिल अवस्थामा पुगेर मूल्य ओरालो लागेपछि बैंकले ऋणीबाट धितोको रुपमा लिएको जग्गा सकारेका छन् ।

धितो सकार्ने क्रम बढेपछि बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रो लाग्ने देखिएको छ । बैंक आफूले सकारेको धितो बेच्न सकेका छैनन् । बैंकको खराब कर्जा अनुपात बढेर औसत साढे ४ प्रतिशत पुगिसकेको छ । घरजग्गामा आएको मन्दीले बैंकको ‘ब्यालेन्स सिट’ थप बिगार्ने अवस्था देखिएपछि पूर्व सचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सार्वजनिक–निजी साझेदारीमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले कम्पनी स्थापना गर्न आवश्यक कानुन जारी गर्न प्रतिवेदनमा भनेको छ ।

पछिल्लो समय घरजग्गा कारोबारमा आएको शिथिलताले बैंक तथा वित्तीय संस्था मात्र नभएर सहकारी संस्थासमेत संकटमा परेका छन् । जग्गामा अन्धाधुन्ध लगानी गर्दा अहिले धेरै सहकारी समस्याग्रस्त बनेका छन् ।

घरजग्गाको मूल्य अधिक हुँदा कारोबार शिथिल भएको, धेरै जसो मान्छेले घरजग्गामै लगानी गर्न ऋण लिएको स्थितिले गर्दा कर्जा असुली प्रभावित भएको बैंकरहरुको धनाई छ । धितोको रुपमा भएको घरजग्गा गैरबैकिङ सम्पत्तिमा लिनुपर्ने स्थिति र बैंकले बेच्दा ग्राहक फेला नपरेको देखिन्छ ।

धितोहरुमा गैरबैंकिङ सम्पत्ति (नन् बैंकिङ एसेट) बढिरहेको र उनीहरुको पनि घरजग्गा बिक्री हुन नसकिरहेको भन्ने देखिन्छ । जसले गर्दा घरजग्गा बजार शिथिल छ भन्ने अनुमान गर्न सकिन्छ । झण्डै दुई तिहाई कर्जाको प्रवाह भएको छ, त्यो घरजग्गाकै धितोमा गएको छ । त्यसले गर्दा पनि घरजग्गामा अधिक मौद्रिकीकरण भयो भन्न सकिने आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ बताउछन् ।

‘अर्कोतर्फ मूल्य हेर्यौं भने हामीले खरिद गरेको अन्तरालको अनुभव हेर्यो भने मुख्य शहरहरुमा जुन ढंगले घरजग्गाको मूल्य बढेको त्यो अस्वभाविक हो जस्तो लाग्छ’ उनले सुनौलो नेपालसँग भने, ‘विकशित देशका शहर बजारको मूल्य बराबर नै विकासशील देशमा हुन लागेको घरजग्गाको मूल्य हुनु हाम्रो प्रतिव्यक्ति आय र आम्दानीसँग अलि नमिलेको जस्तो लाग्छ ।’

अहिले सामान्य आम्दानी हुनेले शहर बजारमा घरजग्गाको व्यवस्था गर्न नसक्ने स्थिति बनेको उनको भनाई छ ।

‘घरजग्गाको कारोबारले कसैलाई छोटो समयमा धनी बनाएको छ । तर, यसले अर्थतन्त्रमा विकृति पनि ल्याएको छ, किनभने मान्छेहरु घरजग्गा बेचेरै धनी हुँदा उत्पादनशील काममा संलग्न कम हुने गर्छन् ।

अरु सिर्जनात्मक काम, अरु उद्यम भन्दा पनि सबैजना कुनै न कुनै रुपमा घरजग्गासँग जोडिने, घरजग्गाकै खरिद बिक्री गर्दा फाइदा हुन्छ भन्ने मनासाय राख्ने र त्यो किसिमको अपेक्षा राख्ने प्रवृत्ति चाहिँ बढेको छ’ उनले भने ।

अहिले उत्पादनतर्फ अलि ध्यान कम गएको, त्यहाँबाट केही हुँदैन भन्ने मान्यता रहेको छ । छोटो समयमा धनी भएको, आफ्नो आर्थिक हैसियत सुधार गरेको देखेर धेरै जना त्यस्तै हुन खोज्ने प्रवृत्ति बढ्दा यस्तो अवस्था आएको उनको भनाई छ ।

‘सबैजना बेच्ने मात्र भए, बजार बढ्न मागकर्ता पनि चाहिने हुन्छ । माग गर्ने क्षमता, जग्गाको क्रय शक्ति पनि चाहिन्छ र क्रयशक्तिको एउटा सीमा हुन्छ । त्यसकारण सधैँ बढिरहने स्थिति रहँदैन किनभने किन्न सक्ने क्षमता, किन्ने व्यक्तिहरु नै नहुन सक्छ । किन्ने व्यक्तिहरु नहुँदा बजार नै सिथिल हुन्छ, अहिले भएको समस्या त्यही हो’ श्रेष्ठले भने ।

यो पनि :

आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन, तीन वर्षभित्र गर्नैपर्ने काम सिफारिस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट