२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

शुक्रवार , पौष २६, २०८१

मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। मन प्रशन्न हुनेछ। विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ। सामाजिक सेवाको अवसर जुट्नेछ।

वृष : मनमा गुम्सिएका कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले वाक स्वतन्त्रता प्राप्त हुनेछ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : सानो कुराले मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : साना कुरामा घमण्ड बढ्नेछ। काम गर्दा सचेत हुनुपर्ने दिन छ। साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले भने तपाईंको आलोचना गर्नेछ।

सिंह : दिन सहज छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारमा घुमघामको तय हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ।

कन्या : दिन राम्रो छ। तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ। स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। चिसोबाट सचेत बन्नुपर्नेछ। विपक्षी भनेका साथीले सकारात्मक रुपले हेरेका छन्। धैर्य भएर अगाडि बढ्नुपर्ने समय छ।

तुला : दिन सामान्य छ। अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परीक्षाको तयारीमा भए मेहनत गर्नुपर्ने देखिन्छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ।

वृश्चिक : दिन सहज छ। रोगबाट मुक्त हुने दिन हो। विपक्षीलाई सानो ठानेमा घाटा हुने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। खानपानमा समस्या हुनसक्ने जोखिम छ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

मकर : शुभ ग्रहको बहुमत रहेकाले राजनीतिक संगठनमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ। परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ।

कुम्भ : तपाईंको राशिमा शुक्र र शनिश्चर आइपुगेका छन्। साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। साथीभाइसँग अनविश्वास बढ्नसक्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मीन : सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ। सुरुवाती शनिदशा भएकाले बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ। दैनिक काम सहजै बन्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट