२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न

आइतवार , पौष २८, २०८१

काठमाडौं । समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’को तेस्रो संस्करण सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग गर्ने सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो ।

‘लाइभ म्युजिक नेपाल’ नामक दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्डका कलाकारहरूले विभिन्न सङ्गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशिल अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको औंल्याए ।

संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए तापनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट