२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

सोमवार , पौष २९, २०८१

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ।

वृष : धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ।

मिथुन :स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ। जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ।

कन्या : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुनसक्छ। चिसोबाट बच्नु फाइदा हुनेछ। विपक्षी दलका साथी शान्त रहेकाले आफ्नो काम बन्नेछ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। घरभित्र अप्रिय कुरा सुनेर मन शान्त बन्ने जोखिम रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। अढैया शनिको प्रभावबाट मुक्त हुन बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। स्वदेशमै सेवाको अवसर मिल्नेछ। समाजसेवामा समय बिताउनुहुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। मिठो खानेकुराका पछाडि लाग्दा स्वास्थ्य खराब बन्नेछ।

मकर : आज साथीले असहयोग गर्नेछन्। ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ। आलस्यबाट भने टाढै रहनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ।

मीन : समय सामान्य छ। सुरुवाती साढेसाती शनिदशाको प्रारम्भ भएको छ। बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट