२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल

मंगलवार , माघ १, २०८१

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।

वृष : थोरै बोलेर काम गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहयात्रा गरेमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गरेमा नाफा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा होला। परिवारलाई व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। परिवारभित्र गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।

सिंह : सञ्चित धन खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन सहज छ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले प्रशंसा गरेको सुन्न पाइनेछ। घरपरिवारसँग रमाइलो यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनत थप गर्नुपर्ने अवस्था छ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुने योग छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। लगानी गरेको भए दीर्घकालसम्म आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। साना कुराले मन अशान्त बन्नसक्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

धनु : तपाईंको बोली नै गोली बन्ने योग रहेकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। रमाइलो गर्ने नाममा गलत शब्द सार्वजनिक हुँदा साथीभाइ रुष्ट बन्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिले दिएको सुझाव कार्यान्वयन गरेमा दिन सार्थक बन्नेछ। शान्त भएर अगाडि नबढेमा आलोचना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : दुर्घटनाबाट बच्ने दिन छ। धार्मिक व्यक्तिले दिएको सुझावले मन शान्त बन्नेछ। परिवारले दिएको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट