२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

काभ्रेमा ५६.७५ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ : दुई जनाको लागूऔषध सेवन रिपोर्ट पोजिटिभ

बुधवार , आषाढ २४, २०८३

काभ्रे / काभ्रे रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको चेकपोस्टमा प्रहरीले ५६.७५ ग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असार २३ गते साँझ करिब ५ बजे बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको विद्युतीय कार शंकास्पद देखिएपछि जाँच गरिएको थियो।

जाँचका क्रममा कारमा सवार दोलखाको भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम र प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

त्यसपछि कारमा रहेका पाँचै जनाको लागूऔषध तथा मादक पदार्थ सेवन  परीक्षण गरिएकोमा सविन कोइराला र जगत खत्रीको रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट