२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

प्रतिनिधिसभा आज बस्दै, राष्ट्र बैंक संशोधनदेखि पर्यटन विधेयकसम्म टेबल हुँदै

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा वार्षिक प्रतिवेदनहरू पेस गर्ने, नयाँ विधेयक दर्ता गर्ने तथा विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नेछिन् ।

व्यवस्थापन कार्यअन्तर्गत कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । यसका साथै, ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले नै प्रस्तुत गर्नेछिन् ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

pp_Poso9JAjUJ (1).png

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट