२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

बिहिवार , माघ ३, २०८१

भोजपुर । दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ ।

मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ ।

प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना ९जङफुड० निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।

“प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौैँ । यसले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने छ ।” स्थानीय उत्पादनको प्रवद्र्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत् माघी मेलासँगै पौवादुङमा गोल्ड सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत् माघी मेलासँगै गोल्ड कपको आयोजना गरिएको उहाँको भनाइ छ । “हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रवद्र्धन जोड दिन आवश्यक छ”, अध्यक्ष राईले भन्नुभयो, “मेला महोत्सवमा बाह्य वस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन् । हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ ।”

गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो । सङ्घीयता कार्यान्वयनपश्चात् विकासले गति लिएको उहाँको भनाइ छ ।

पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मान गरेको छ । गाउँपालिकाको विकासमा टेवा पु¥याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै गोल्ड कप तथा माघी मेला सञ्चालनमा आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उहाँले प्रतियोगिता सञ्चालनको लागि रु एक लाख सहयोग गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले नगद रु दुई लाख मेडल र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट