logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • नेपाल परिसंघ कोशीद्वारा विद्यार्थीलाई न्यानो कपडा तथा खाद्यान्न वितरण

    नेपाल परिसंघ कोशीद्वारा विद्यार्थीलाई न्यानो कपडा तथा खाद्यान्न वितरण

    182
    Shares
    नेपाल परिसंघ कोशीद्वारा विद्यार्थीलाई न्यानो कपडा तथा खाद्यान्न वितरण

    विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले रतुवामाई स्थित श्री जनकल्याण छेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा प्रयोग हुने न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।

    शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम गर्दै परिसंघ कोशीले विद्यालयमा अध्यनरत विपन्न आर्थिक अवस्थाको विद्यार्थीहरुलाई कपडा र खाद्यान्न वितरण गरेको हो ।

    परिसंघ कोशीका अध्यक्ष पवन कुमार सारडा नेतृत्वको टोलीले विद्यालयमा पुगेर आर्थिक रुपले विपन्न तथा सिमान्तकृत समुदायको बालबालिकालाई कपडा तथा खानेकुरा उपलब्ध गराएको महासंघको महानिर्देशक विजय हरि शर्माले जानकारी दिए ।

    उनले विद्यालयमा अध्यनरत १२२ जना विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट, टोपी, मोजा, विस्कुट, जुस र सरसफाईका लागि साबुन, सर्फ समेत वितरण गरेको बताए ।

    न्यानो कपडा वितरण कार्यक्रममा रतुवामाई नगरपालिका प्रमुख नागेश्वर प्रसाद सिंह, उपप्रमुख दमयन्ता देवी चुडाल, परिसंघ कोशी उपाध्यक्ष गिरिजा सारडा, महिला उद्यम समिति संयोजक रचना राठी लगायतको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend