शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बाइडेनको सपथ समारोहमा लेडी गागाले गाईन अमेरिकाको राष्ट्रगान 

बाइडेनको सपथ समारोहमा लेडी गागाले गाईन अमेरिकाको राष्ट्रगान 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा हलिउडका थुप्रै हस्तीको उपस्थिती रह्यो र थुप्रै कलाकारले आफ्नो प्रस्तुती दिएका थिए। 
बुधबार अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडनलाई पाएको हो  ।  

Capture.JPG

 

येसैबीच पप स्टार लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले जब मधुर आवाजमा अमेरिकाको राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्र हेरिरहे । गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् र सधैं झैं उनी यस समारोह बीच पनि उनको लुकको कारण चर्चा बटुल्न सफल भइन्  । गागाले आफ्नो पहिरनमा परेवाको ब्याच लगाएकी थिइन् । गागाले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी छिन् , ‘जैतुनको हाँगासहित एउटा परेवा ।’ लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा लगाएको बताएकि थिईन् । 

gaaa.JPG

 

यसैगरि गायिका जेनिफ़र लोपेजले “यो भूमि तपाईंको भूमि हो ” भने गीत गाएर सबैलाई उत्साहित बनाएकी थिइन। एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend