२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत

बुधवार , माघ ९, २०८१

जुम्ला । यहाँ प्रसूति आवास गृह सञ्चालनमा आएपछि सुत्केरीलाई राहत भएको छ । नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप जिल्लामा आमा कुरुवा घर ९आवास गृह० सञ्चालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० देखि जिल्लामा कार्यालयले आमा कुरुवा घर सञ्चालनमा ल्याएको छ । कार्यालय प्रमुख सापकोटाले भने, “हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरीका लागि आवास गृह सञ्चालन गरिएको हो, हिमाली जिल्लामा घरदेखि स्वास्थ्य संस्थासम्मको दुरी टाढा हुने भएकाले गर्भवती तथा सुत्केरीका लागि आवास गृहको व्यवस्था गरिएको हो ।”

गर्भवती तथा सुत्केरीलाई ४५ दिनसम्म खाना, खाजा र बासको व्यवस्थासमेत कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय नजिकै गर्भवती र सुत्केरीका लागि बस्ने घरको व्यवस्था गरिएको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

“गर्भवती र एक जना कुरुवाका लागि प्रतिदिन प्रतिव्यक्ति रु ३५० देखि रु ४०० का दरले खाना खाजा उपलब्ध गराउँदै आएका छौँ, सुत्केरीका लागि प्रतिदिन प्रतिव्यक्ति रु ४५० देखि रु ५०० का दरले खाना खाजा उपलब्ध गराउने गरिएको छ”, उनले भने ।

जुम्लामा गत आर्थिक वर्षमा कनकासुन्दरीका तीन, तिलाका एक, पातारासीका एक, सिङ्जाका दुई गर्भवती तथा सुत्केरी र कुरुवाले सेवा लिएका छन् । यस्तै जिल्ला बाहिरका मुगुका चार र अन्य एक गरी गत वर्ष १२ जनाले उक्त सेवा लिएको कार्यालय प्रमुख सापकोटाले बताए ।

औसतमा १८ दिन, न्यूनतम एक दिन र बढीमा ४० दिनसम्म गर्भवती तथा सुत्केरी आवासमा बसेका छन् । यस्तै चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म नौ गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन् । त्यसमा यहाँका सिञ्जा गाउँपालिकाका एक, हिमाका एक र कनकासुन्दरीका एक रहेका छन् ।

जिल्ला बाहिरअन्तर्गत कालिकोटका एक, जाजरकोटका एक, मुगुका तीन र डोल्पाका एक गर्भवती तथा सुत्केरीले सेवा लिएका छन् । दुई जना अहिले पनि आमा कुरुवा घरमा बस्दै आएका छन् ।

सरकारले जुम्लासहित २० जिल्लामा आवास गृह सञ्चालन गरेको छ । गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरिएको आवास गृहले सहज बनाएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट