२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल

बिहिवार , माघ १०, २०८१

मेष : दिन राम्रो छ। मनमा खुशी मिल्नेछ। लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुन : खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले दुःखी बनाउने जोखिम रहेको छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। आफ्ना भनेका साथीले आक्रमण गर्ने जोखिम छ। शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ। परिवारसँग सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ।

सिंह : बोल्नु अगाडि सोच्नु उचित हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पशुपालनमा नाफा होला। सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सहज छ। कला र गलाको प्रदर्शन गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। तर्क नगर्नु उचित हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : व्यवहारमा झन्झट आइपर्न सक्छ। इज्जतका लागि धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

कुम्भ : स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुन्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा साना कुराले झन्झट आउनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट