शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

सुशान्तसिंह राजपुतको सम्झनामा रोडको नाम राखिँदै

सुशान्तसिंह राजपुतको सम्झनामा रोडको नाम राखिँदै

गत जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका दिवंगत अभिनेता सुशान्तसिंह राजपुत को नाममा भारतको नयाँदिल्लीमा एउटा रोडको नाम राखिने भएको छ।दक्षिणी दिल्लीको एन्ड्रुगन्जदेखि इन्दिरा क्याम्पसम्मको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राख्ने निर्णय स्थानीयले गरेको हो ।

उक्त रोडमा धेरैजसो मानिसहरू बिहारबाट बसाइँ सरेर आएका र उनीहरूले सुशान्तको सम्झनामा सडकको नाम  राख्न खोजेको बताइएको छ। सुशान्त बिहारको राजधानी पटनामा जन्मिएका थिए। 

भारतीय टेलिश्रृंखला बाट जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। उनले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। एजेन्सी

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend