आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु

प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु

काठमाडौं । कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको छ ।

बिहीबार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको छ ।

बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरे बमोजिम शुरुवात गरिएको बताए ।

उनले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरु गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । भारत—चीन—भूटान र बंगलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको बताए ।

१७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अघि बढेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend