२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

शुक्रवार , माघ ११, २०८१

मेष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।

मिथुन : आज तपाईंको मन कला र संस्कृतितर्फ जानेछ। खेलकुदको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। पञ्चम भावमा चन्द्रमा रहेकाले शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा कोधा हुने जोखिम रहेको छ।

मकर : छिमेकको शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भ : आज काममा अवरोध हुनसक्ने जोखिम रहेको छ। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : चन्द्रमा अनुकुल छन्। काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट