सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्ति शुद्धतामा अगाडि नबढ्ने भन्दै नेपालमा सामन्तवाद बिरोधी क्रान्ति आधारभुत रुपमा सम्पन्न भयो की भएन भनेर हेर्न जरुरी रहेको बताए ।

सामन्तवाद बिरोधी क्रान्ति नै गर्छु भन्नु गलत भएको भन्दै सामन्तवाद आधारभुत रुपमा अन्त्य भएको बताए । उनले समाजवादउन्मुख समृद्धी अहिलेको मुल कार्यक्रम र रणनीति बनाउनुपर्ने बताए । समाज्वादउन्मुख समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार, सदन र सडकमा समन्वय गर्नेगरी समाजवादको लक्ष्यमा केन्द्रित हुन उनले आह्वान गरे ।

उनले भने, ‘फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्छ की भन्ने डिबेट पनि अहिले बाँकी हुनु दुःखदायी कुरा हो । किनभने क्रान्ति शुद्धतामा अगाडि बढ्दैन । नेपालमा सामन्तवाद बिरोधी क्रान्ति आधारभुत रुपमा सम्पन्न भयो की भएन भनेर हेर्ने हो ।

त्यसको आदर्श मोडेल नयाँ जनवाद हो । जसको नेतृत्व कम्युनिष्ट, सर्वाहारा वर्गले गर्छ र त्यसको प्रभुत्वमा त्यो समाजवादमा शान्तिपूर्ण रुपले सम्पन्न हुन्छ, त्यो नयाँ जनवाद हो । त्यही रुपमा यहाँ सम्पन्न हुन सकेन यो सत्य हो । हाम्रो क्रान्तिको आदर्श मोडेलमा नयाँ जनवाद थियो, अहिले नयाँ जनवादी क्रान्ति सम्पन्न भएर नेपालमा नयाँ जनवाद स्थापना भएको स्थिति होइन ।

त्यसो भनेर फेरि सामन्तवाद नै छ, सामन्तवाद बिरोधी क्रान्ति नै गर्छु भन्नु गलत कुरा हो । सामन्तवाद आधारभुत रुपमा अन्त्य भएको छ । त्यसका अवशेषहरु बाँकी छन् । ’

उनले नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend