२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध रविले गरे उच्च अदालतमा निवेदन दर्ता

सोमवार , माघ १४, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका छन् । उनले आज उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् ।

सभापति लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालतमा पेस गरेको निवेदन दर्ता गरे ।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा निवेदन दिएका हुन् ।

जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो । त्यसपछि उनी सो धरौटी तिरेर थुनामुक्त भएका थिए ।

धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् । लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट