२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा, युरो र पाउन्ड पनि बढ्यो

बिहिवार , माघ २४, २०८१

काठमाडौँ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो सँगै नेपाली रुपैयाँ कमजोर बन्न पुगेको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य आज बिहीबार (माघ २४ गते) हालसम्मकै उच्च भएको हो ।

अमेरिकी डलर एकको बिक्रीदर हालसम्कै उच्च विन्दुमा पुगेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलरको मूल्य निरन्तर उकालो यात्रामा छ । अहिले डलर महंगीको असर नेपाल र भारतलगायत विश्वभरी परेको छ । यसको बढी असर उदीयमान अर्थतन्त्रमा परेको देखिन्छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनासाथ डलर महंगिएर १३५।१६ रुपैयाँ पुगेको थियो । गत कात्तिक २१ गतेदेखि डलरको ग्राफ निरन्तर उकालो लागेको छ ।

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । बिहीबार १ डलरबराबर ८७.३९ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।

भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर ९फिक्स्ड पेग० भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।

यसैगरी , राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २५ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो पनि : 

अमेरिकामा डोनाल्ड ट्रम्पको उदयले कमजोर बन्दै विश्व अर्थतन्त्र, डलर र सुनको भाउ उकालो

दिन-दिनै कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

डलरको मूल्य निरन्तर उकालो, अब १ डलर किन्न कति चाहिन्छ ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट