२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

विधयानसम्बन्धी विधेयकमा सरकारले आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोज्यो : माओवादी

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रश्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताए । कानून निर्माण जस्तो गम्भिर विषयमा आफूलाई मन लागेका कुराहरु घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ ।

उनले सरकारले कानून मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।

पाण्डेले भने, ‘आज सदनमा सरकारले सदनलाई पनि लटरपटर गरेर कानून बनाउनेतिर लैजान खोज्यो । आज हाम्रो कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनउपर छलफल थियो । त्यो प्रविदेन सर्वसम्मत रुपमा पारित भएर आएको थियो । तर सरकारले के घुसाउनुपर्ने थियो त्यसमा माननीय कानून मन्त्रीले स्पष्टताका साथ पनि राख्नु भएन ।

तर केही विषयवस्तु राख्ने प्रयत्न पनि गर्नुभयो । के भएको भनेर संसद सचिवालयसँग कुरा गरियो । त्यसबाट पनि जवाफ आएन । यसरि कानून निर्माणजस्तो विषयवस्तुमा आफूलाई मन लागेका कुराहरु कानूनमा घुसाउने र हामीसँग बहुमत छ भनेर जसरि जनतालाई झुक्याउन खोजियो यो एकदम गलत भएको छ । अध्यादेशमा पनि त्यसै गरेर कानून मिच्न थालिएको छ ।

अब संसदको प्रक्रिया मिच्न थालियो । हाम्रो प्रक्रियाका त छलफल आयो भने पनि छलफल त्यहाँ राख्ने र त्यसपछि सरकारले जवाफ दिने थियो । तर त्यसो गरेर कानूनमा आफूलाई मन लागेको कुरा हालेर जुन पास गर्ने प्रयत्न गरियो । त्यसका विरुद्ध प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हिसावले मैले विषयवस्तु उठाए ।’

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट