२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री राणा

शुक्रवार , माघ २५, २०८१

सुदूरपश्चिम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन् । उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् ।

परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखे । उनले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गरे ।

उनले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्याकर्तालाई आग्रह गरे ।

पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको समारोहमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, रामजनम चौधरी, डा जीवन रानालगायत व्यक्ताले पार्टी सङ्गठनका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

अधिवेशनमा पार्टीको कार्ययोजनासहित विविध विषयमा छलफल हुने जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट