बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सरकारले ल्याएको अध्यादेशको बिरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ

सरकारले ल्याएको अध्यादेशको बिरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताए । उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताए ।

उनले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र बिरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अध्यादेशको विषयमा अहिले संसद बाहिर र र भित्र सबैतिर चर्चाको विषय छ । सदन चल्नुभन्दा केही अगाडि ६ वटा अध्यादेश सरकारले ल्याएको छ । यि ६ वटा अध्यादेशमा जुन ढंगबाट चर्चा, परिचर्चा भएको छ । यसलाई हेर्दा के अध्यादेश ल्याउनु ठूलै गल्ती हो ।

यसमा गर्ने ठाउँ छ की छैन । संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर ल्याइएको हो ? यि सबै पक्षलाई विश्लेषण गरौँ । सबै सरकारले यस्ता अध्यादेश ल्याएका छन् । प्रजातान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि अध्यादेश ल्याएका छन् । संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत भएको कतै पनि पाएका छैनौँ ।’

उनले कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत नभएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend