२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सरकार नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत छ : सांसद लामा

सोमवार , माघ २८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकुलको कानून बनाउन उद्दत रहेको आरोप लगाएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गरएका कुरा सरकारले सुन्न छोडेको बताइन् । उनले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताइन् ।

उनले भनिन्, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रष्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौं ?’

उनले सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट