२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइन : सञ्चारमन्त्री गुरुङ

सोमवार , माघ २८, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताएका छन् ।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गरे । उनले विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ ।’

विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट