२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गिरिबन्धु प्रकरणमा प्रधानमन्त्रीको पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना मुद्दा

सोमवार , माघ २८, २०८१

काठमाडौँ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर अवहेलनाको रिट दायर गराएका हुन् ।

सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित उनीविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त रिटको पेसी फागुन ४ गतेका लागि तोकिएको अधिवक्ता अर्यालले बताए ।

अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएका छन् ।

उनले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले अनवरत रूपमा अवरोध सिर्जना गरेको उल्लेख गरेका छन् ।

उनले अवहेलनामा संलग्न कसुरदारलाई पदमुक्त हुनसक्ने गरी आदेश दिन माग गरेका छन् ।

सम्बन्धित समाचार

गिरीबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय सर्वोच्च अदालतद्धारा बदर

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट