२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना

सोमवार , माघ २८, २०८१

विराटनगर । मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिने भएको छ ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ३० देखि फागुन १० गते सम्म विराट एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आम्दानीबाट सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माण गरिने संयोजक दुलालले बताए ।

यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको उनले बताए । २ वटा सार्वजनिक शौचालय निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको संयोजक दुलालले जानकारी दिए ।

उनले भने,‘ एक्स्पो आयोजनाबाट भएको वचत रकम सार्वजनिक शौचालय निर्माण कार्यका लागि हस्तान्तरण गरिने छ ।’ शौचालयको व्यवस्थापन सुन्दरहरैचा उद्योग वाणिज्य संघले गर्ने उनले बताए ।

हाल सञ्चालनमा रहेको शौचालय नमूना शौचालयका रुपमा सञ्चालित रहेको दुलालको भनाई छ । सुन्दरहरैचा औद्योगिक प्रर्दशनी केन्द्र, विराटचोकमा हुने एक्स्पोमा १९४ वटा स्टल हुने सुन्दरहैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

एक्स्पोको आयोजनाको बारेमा पत्रकारहरुलाई जानकारी दिदै उनले बिजनेसका ११४, एग्रीकल्चरका ४०, अटोमोवाइलका १५ र होटका १६ वटा स्टल रहने बताए ।

कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापको अभिबृद्धि गर्ने र नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो स्वरोजगारी सृजना गर्ने एक्स्पोको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए । एक्स्पो अवधिभरमा विभिन्न विषयहरुमा अन्र्तक्रियाहरु गरिने भएको छ ।

विशेषगरि बाल स्वास्थ्य स्याहार, स्वास्थ्यका लागि खाना, कोशी पर्यटन वर्ष २०८२ को सन्र्दभमा पर्यटनको पुर्नविचारः कोशी प्रदेशमा स्थानीय संलग्नताको प्रर्बद्धन, एआई, स्टार्टअप, साईवर सुरक्षाका विषयमा छलफल तथा बहस पैरवी समेत गरिने अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ