२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? : शिशिर खनाल

मंगलवार , माघ २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने हिम्मत नगरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? भन्दै जबाफ माग गरे ।

उनले अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने आँट नगरेकोले क्याम्पसमा पढ्ने वातावरण पनि नहुने देखिएको अस्कलका विद्यार्थीको भनाइ रहेको बताए ।

माघ २४ गते प्रहरीमाथि आक्रमणमा संलग्न रहेका अनेरास्ववियुका दुई जना पक्राउ परे पनि अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट